फ्रि भिसा, फ्रि टिकटको कानून बनाउन सर्वोच्चको आदेश

काठमाडौं । खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । 

मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा आवश्यक कानून र संयन्त्रको व्यवस्था लागू गर्न र गराउन अदालतले सरकारका नाममा आदेश दिएको हो । 

सामाजिक न्यायको लागि कानून नीति नियम मञ्चले २०७४ को भदौ ११ गते सर्वोच्च अदालतमा निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्यवन गराउन माग गर्दै रिट निवेदन दायर गरेकोे थियो ।

उक्त रिटको सोमबार अन्तिम सुनुवाई गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र केदारप्रसाद चालिसेको संयुक्र इजलासले सरकारको निर्णय अनुसार व्यवस्था कार्यान्वयन र आवश्यक कानून निमार्ण गर्न निर्देशनात्मक आदेश जारी गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?