१३ जेष्ठ २०८०, शनिवार

पीडितको माग सरकारले पूरा गर्नुपर्छ : झलनाथ खनाल

२०७९,चैत्र,१५,बुधबार ११:०६

54
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौं आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने बताए । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिए । मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गरे।

यसैबीच नेकपा एकीकृत समाजवादीले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार ११:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११