१३ जेष्ठ २०८०, शनिवार

८ महिनामा बर्दगोरियामा २३ लाख बढी राजश्व संकलन

२०७९,चैत्र,१५,बुधबार ११:२०

144
Shares

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०७९/०८० को (साउन–चैत्र) आठ महिनामा २३ लाख ७८ हजार ४९६ रुपैयाँ राजश्व संकलन गरेको हो ।

गाउँपाालिकाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्न दशौं गाउँसभाबाट आर्थिक ऐन २०७९ लाई पारित गरेको थियो । उक्त ऐनलाई कार्यान्वयन गर्न स्थानीय कर तथा शुल्क संकलन, कर बढाउने, घटाउने, छुट दिने तथा कर आय संकलनको राजश्व प्रशासन सम्बन्धी कार्यविधि अनुरुप राजश्व संकलन गरिएको जनाएको छ ।

गाउँपालिका क्षेत्रभित्र विभिन्न १७ वटा शीर्षकमा करको दायरा तथा सीमा निर्धारण गरेको पालिकाले एकीकृत सम्पत्ति करमा १२ लाख ६८ हजार ३५३ रुपैयाँ, भूमि तथा मालपोत करमा १२ हजार ९१२ रुपैयाँ, घरबहाल करमा १ लाख २१ हजार ३ सय रुपैयाँ, बहाल विटौरी करमा १ हजार १ सय रुपैयाँ, न्यायिक दस्तुर ९ सय रुपैयाँ र नक्सापास दस्तुरमा ७ हजार ३३५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, यस अवधिमा सिफारिस दस्तुरमा २ लाख १७ हजार ५६० रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरमा ७७ हजार ६ सय रुपैयाँ, नाता प्रमाणितमा ७ हजार ९५० रुपैयाँ, अन्य दस्तुरमा ६ लाख ३९ हजार ८९५ रुपैयाँ र व्यावसाय रजिष्ट्रेशन दस्तुरमा २३ हजार ५५० रुपैयाँ राजश्व संकलन भएको हो ।

दशौं गाउँसभाबाट ‘हाम्रो गाउँ हाम्रो कर, सम्वृद्ध गाउँ बनाउ’ भन्ने नारा लिएको पालिकाले चालू आर्थिक वर्षको सो अवधिमा लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन । पालिकाको वार्षिक प्रस्तावित आन्तरिक आय २२ करोड हुने अनुमान गरिएको छ । तर, पछिल्लो ८ महिनामा लक्ष्यभन्दा राजश्व संकलनमा कमी देखिएको हो ।

आन्तरिक स्रोततर्फ भने १० करोड ५ लाख ८७ हजार प्रस्तावित आय निर्धारण गरिएकोमा १६ करोड १७ लाख ८२ हजार ३६७ रुपैयाँ आय भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार ११:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११