गठबन्धन बैठक निष्कर्षविहीन बनेसँगै थप छलफलमा जुटे प्रचण्ड, देउवा र नेपाल

लोकपथ
169
Shares

काठमाडौं । गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि शीर्ष नेताहरु थप छलफलमा जुटेका छन् ।

अपरान्ह बसेको बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन जना थप छलफलमा जुटेका हुन् ।

चैत ६ गते प्रधानमन्त्रीले दोस्रोपटक विश्वासको मत पाएसँगै केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । तर दलहरुको आ–आफ्नै अडान लिएसँगै आजको बैठक निष्कर्षविहीन बनेको हो ।

गठबन्धनको बैठक भोलि बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?