काठमाडौं । सर्वोच्च अदालका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरेका हुन् ।
बुधवार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका प्रधानन्यायाधीश जबराले जोशीलाई पेशी दिएका छैनन् ।
प्रधानन्यायाधीशमा संसदीय समितिबाट अस्वीकृत भएपनि जोशी अदालत जान छाडेका छैनन् ।
जवाफमा जबराले संसदको सम्मान गर्ने बचन भन्दै जोशीलाई पेशी नदिने संकेत गरेका थिए ।
बुधवार बिहान जोशी पनि सर्वोच्च पुगेका थिए । उनले जबरालाई उनकै कार्यकक्षमा पुगेर बधाई दिएका छन् ।
शैक्षिक प्रमाणपत्र विवादलगायतका कारणले संसदीय सुनवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि यसअघि ओमप्रकाश मिश्रको कार्यकालमा भने उनी न्यायाधीशको भूमिकामा रहेका थिए । तर, जबराले उनलाई न्यायाधीशको भूमिकामा पनि काम नगर्न सुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया