अर्थमन्त्रीमा डा. प्रकाशशरण महतकाे पक्कापक्की !

लोकपथ
63
Shares

केही दिनयता मन्त्रिपरिषद् विस्तारको रस्साकस्सीले राजनीतिक माहोल तातेको छ ।

वर्तमान गठबन्धनमा धेरै दल रहेका कारण भागबण्डा मिलाउन सम्बन्धित दल र प्रधानमन्त्रीलाई सकस परिरहेको छ ।

वर्तमान गठबन्धन र सिंगो संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मन्त्री बन्ने नेताहरुको नाम बाहिर आउन थालेको छ ।
कांग्रेसबाट मन्त्री बन्न आकांक्षा राख्नेको ठूलो पंक्ति देखिन्छ ।

वर्तमान सत्ताका लागि कांग्रेसले ८ मन्त्रालयको दाबी गरिरहेको छ । थोरै मन्त्रालय रहे पनि धेरै जना आकांक्षी रहेका कारण नेताहरुको व्यवस्थापनका लागि पार्टीभित्र व्यापक छलफल थालिएको छ ।

धेरै नेताहरुले आफू मन्त्री बन्न पाउनुपर्ने भन्दै सामाजिक सञ्जालदेखि आम सञ्चारमा प्रचार गरिरहेका छन् । भने कतिपयको भने भित्रि लबिङ र नेतृत्वबाट ग्रीन सिंग्नल पाएका छन् । चर्चामा रहेका मध्ये मन्त्री बन्नेमा कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतको नाम अघि देखिन्छ ।
डा. महतले आफूले मन्त्री बन्न आकांक्षी रहेको सार्वजनिक नगरे पनि सरकारले आवश्यक्ता महसुस गरेमा आफूले उचित मन्त्रालय सम्हाल्ने बताउँदै आएका छन् । अन्य आकांक्षीहरु मन्त्री बन्ने तर कुनचाँही भन्ने निक्यौल नभए पनि डा. महतको भने अर्थमन्त्री बन्ने चर्चा चल्न थालेको छ ।

सभापति शेरबहादुर देउवाका विश्वास पात्र मात्र नभइ जस्तोसुकै परिस्थितिमा पनि देउवाको साथमा रहेका नेता हुन् महत ।
जसको कारण माथिबाट समेत ग्रीन सिंग्नल मिलेको उनको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए । पार्टीको पदाधिकारी बैठकहरुमा समेत अहिलेको अवस्थामा ठिकसँग अर्थमन्त्रालय हाक्नका लागि महतको चर्चा चल्ने गरेको उनले बताए ।

‘अर्थमन्त्रीमा उहाँको चर्चा बाहिर मात्र होइन पार्टीभित्र समेत चल्न थालेको छ । पार्टीको शीर्ष तहबाट समेत उहाँप्रति ग्रीन सिंग्नल छ ।’ ती सदस्यले भने ।

अहिले देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेका कारण त्यसलाई उठाउने व्यक्तिले अर्थमन्त्रालयको नेतृत्व गर्नुपर्ने धेरैले आशा गरिरहेका छन् । अर्थतन्त्रबारे जानकार भन्दा पनि पार्टीको भागबण्डाका आधारमा अर्थ जस्तो संवेदनशील मन्त्रालयमा अपरिपक्क व्यक्ति ल्याउँदा अर्थतन्त्र डामाडोल बन्न पुगेका धेरैको तर्क छ । जसको कारण अहिले कांग्रेसले अर्थ पाउने भएसँगै अर्थशास्त्र अध्ययन र अर्थशास्त्रमै विद्यावारिधी समेत गरेका डा. महतलाई उचित पात्रको रुपमा हेरिएको हो ।

तर पार्टीभित्रैबाट पनि उनलाई ब्याक हटाउनेगरी केही व्यक्तिहरु लागिरहेको महतको सचिवालयका ती सदस्यको आरोप छ ।
‘विभिन्न कोणबाट उहाँलाई ब्याक हटाउने प्रपञ्चहरु रच्न थालिएको छ । बाहिर हल्ला गरिए पनि स्वंय सभापति भने सकारात्मक हुनुहुन्छ ।’ ती सदस्यले भने ।

यसअघि परराष्ट्र र उर्जा मन्त्रालयको नेतृत्व गरिसकेका डा. महतले आफूले आफ्नो रोजाइ मात्र नभइ आफ्नो अनुभव रहेको मन्त्रालयमा काम गर्न चाहेको ती सदस्यको दाबी छ । अर्थशास्त्रको ज्ञान र अहिलेको चुनौतीको समेत राम्रोसँग महसुस गरेको कारण अर्थ मन्त्रालयमा आफूले डेलिभरी दिनसक्ने उनले बताए ।

‘उहाँको आफ्नो रोजाइ मात्र भन्दा पनि अध्ययन समेत सोही क्षेत्रको रहेको कारण र अहिलेको चुनौतीमा उहाँ स्वंयमले पनि म त्यसमा डेलिभरी दिन सक्छु भन्ने तयारीका साथ लाग्नुभएको छ ।’ ती सदस्यले भने ।

यता कसको नेतृत्वमा सरकारमा जाने भन्ने चर्चा समेत कांग्रेसमा चल्न थालेको छ । पूर्व गृहमन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का आफ्नो नेतृत्वमा सरकारमा जाने तयारीमा देखिन्छन् । तर यसअघि नै पटकपटक मन्त्री नबन्ने उद्घोष गरिसकेका कारण उनी सरकारमा सहभागि हुन उनकै बोली बाधक बन्ने देखिन्छ ।

सरकारको नेतृत्व गर्न पाए सरकारमा जाने कसरतमा देखिएका उनी ब्याक हुन सक्ने सम्भावना रहेको र डा. महतकै नेतृत्वमा पार्टी सरकारमा जाने सम्भावना समेत त्यतिकै देखिने ती सदस्यको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?