मिटरब्याजलाई अपराध घोषणा गरी आवश्यक कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

लोकपथ
325
Shares

काठमाडौं । सरकारले मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन कानुन निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीका प्रेश विज्ञ मनोहरी तिमल्सिनाले जानकारी दिए ।

‘आजको मन्त्रिपरिषद बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।’ उनले भने ।

मिटरब्याज पीडितहरुले काठमाडौंमा आन्दोलन थालेपछि सरकारले त्यसको छानबिनका लागि ४ सदस्यीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?