धर्नामा मिटरब्याज पीडित : दुधे बालक च्यापेर आमाहरु आन्दोलनमा (तस्बिरसहित)

लोकपथ
104
Shares

काठमाडौं । महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले काठमाडौंमा आन्दोलन थालेका छन् ।

मिटरब्याजीहरुले गाउँमा बस्नटिक्नै नदिएपछि पैदल हिँडेर केन्द्र सरकारको ढोका ढकढक्याउन आइपुगेका उनीहरुले मंगलबार काठमाडौंका विभिन्न ठाउँमा धर्ना दिए ।

दिनभरजसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन नजिकै धर्नामा बसेका उनीहरुको समस्या सम्बोधनका लागि विभिन्न राजनीतिक दलका नेतादेखि नागरिक समाजका अगुवासम्म पुगेका थिए ।

मिटरब्याजीले दिनहुँ मानसिक टर्चर दिन थालेपछि लालाबालासहित उनीहरु काठमाडौं आइपुगेका हुन् । आफ्ना आमाबाबुसँग स्कुल पढ्ने केटाकेटीदेखि दुधे बालकसम्म छन् ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?