१४ जेष्ठ २०८०, आईतवार

नेशनल लाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

२०७९,चैत्र,१४,मंगलवार १६:०१

36
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार श्री सन्दिप क्षेत्रीज्यूसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो ।

साथै, कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति: २०७९,चैत्र,१४,मंगलवार १६:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९