यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा मिटर ब्याज पीडितलाई आर्थिक सहयोग

लोकपथ
2k
Shares

काठमाडौं । यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले मिटर ब्याज पीडितलाई आर्थिक सहयोग गरेको छ ।

मंगलबार दिउँसो आन्दोलरत पीडितहरुलाई भेट्न नयाँ बानेश्वर पुगेका ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी र उपाध्यक्ष महेश्वरनरसिंह केसीले सो रकम हस्तान्तरण गरेका हुन् ।

ट्रस्टको तर्फबाट २० हजार र मिलन श्रेस्ठ शुभम अस्पतालले ५ हजार पीडितलाई सहयोग गरिएको कांग्रेस नेता एवं ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

May be an image of 5 people, people sitting, people standing, tree and outdoors

सो क्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेता केसीले कानूनले तोकेको भन्दा बढी रकम तोकेको व्याजदर भन्दा बढी ऋण दिने मिटरब्याजीप्रथा विकराल बन्दै गइरहेको बताए ।

साथै तत्कालिन सरकार र पीडित पक्षबीच भएको ५ बुँदे सहमति अभिलम्ब कार्यान्वयन गर्नका लागि समेत आग्रह गरेका छन् ।

‘तत्कालीन सरकार र पिडित आन्दोलनकर्मीबीच भएको ५ बुँदे सहमति अविलम्ब कार्यन्वन गरि मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउन सम्बद्द निकाय मार्फत सरकार सङ्ग जोडदार माग गर्दछौं ।’ नेता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?