३१ श्रावण २०७९, मंगलवार

प्रजातन्त्रवादी पक्षधरलाई एक हुन आग्रह

२०७४,कार्तिक,६,सोमवार १४:५९

9
Shares

इटहरी, ६ कात्तिक- नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताएका छन् ।काँग्रेस सुनसरीले जिल्ला सदरमुकाम इनरुवामा आज आयोजना गरेको चियापान तान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गरे ।अर्का नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रुपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा काँग्रेसले निर्वाह गर्दै आएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वमन्त्री सीताराम मेहता, सुनसरीका सभापति राजीव कोइरालालगायतले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादीले जित निकाल्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १४:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल

काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९