एकीकृत समाजवादीले भन्यो– ‘मन्त्रालय भागबण्डा टुंगिएको दिन मन्त्रीको नाम दिन्छौँ’

लोकपथ
77
Shares

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीले मन्त्रालयको टुंगो लागेको दिन मन्त्रीहरुको नाम टुंग्याउने निष्कर्ष निकालेको छ ।

आज बसेको बैठकले गठबन्धनको छलफलपछि मन्त्रीको नाम टुंग्याएपछि पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंग्याउने निष्कर्ष निकालेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले ३ वटा मन्त्रालयको दाबी गरिरहेको र नाम मागेर मन्त्रालय टुंगिएपछि नाम टुंग्याउने बताए ।
‘कम्तिमा ३ पाउनुप¥यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौं ।’ प्रवक्ता खतिवडाले भने, ‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं ।’

त्यस्तै आजको बैठकले मिटरब्याज पीडितहरुको मागबारे ऐक्यबद्धता समेत जनाएको छ ।

त्यस्तै बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसँग समेत भेटघाट गरेका थिए । भेटमा मन्त्रिपरिषद् विस्तारको विषयमा कुराकानी भएको थियो ।

आजै गठबन्त्रधनको बैठक बोलाइएको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच छलफलपछि केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?