अशोक राईको नेतृत्वमा जसपा सरकारमा जाने, नेता नसमेटिएपछि पार्टीमा असन्तुष्टि बढ्यो

लोकपथ
119
Shares
sf7df8fF}, @^ k’;M k|ltlglw;ef a}7sdf ;f+;b /fO{ hgtf ;dfhjfbL kf6L{sf czf]s /fO{ k|ltlglw;efsf] dªunaf/sf] a}7sdf dGtJo /fVg’x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद अशोक राईको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

यसअघि नै उपराष्ट्रपति पाइसकेको जसपाले ३ मन्त्रालय दाबी गरे पनि २ मन्त्रालय पाउने देखिएको छ । राईको नेतृत्वमा जसपा सरकारमा जाने भएसँगै नसमेटिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । जसपाबाट नवलकिशोर शाह राजकिशोर यादव, प्रदीप यादव लगायत आकांक्षी रहेका छन् ।

एक जना राई र अर्को एक जना मात्रै समेटिने भएसँगै नेताहरु असन्तुष्ट बनेका छन् । त्यसो त यसअघि नै सरकारमा सामेल मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको थियो । उपेन्द्रले आन्तरिक छलफल गरेर राईलाई अघि सारे पनि अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

जसपाका असन्तुष्टमध्येका एक सांसदले आफूलाई कसको नेतृत्वमा सरकारमा जाने भन्ने बारे जानकारी नै नभएको लोकपथलाई प्रतिकृया दिए । ती सांसदले आफूलाई नभइ बरु उपेन्द्र यादव वा राईलाई निर्णयबारे थाहा होला भन्ने प्रतिकृया दिए ।

सत्ता गठबन्धन दलले आजको लागि संयुक्त बैठक बोलाइएको छ । आजको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले आ–आफ्नो धारणा राखेपछि केही दिनमै मन्त्रिमण्डल विस्तार हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?