अर्घाखाँची मालारानी गाउँपालिकाका वडाध्यक्ष १६ दिनदेखि बेपत्ता

अर्घाखाँची ।  अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) १६ दिनदेखि बेपत्ता छन् । हराएको १६ दिन सम्म पनि उनको फेला परेका छैनन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार, उनको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ति बगैचामा रहेको सीसीटीभी क्यामेरामा पुस २ गते कैद भएको भिडियो हेरिएको भएपनि उनी सम्पर्कमा आउँन सकेका छैनन् ।     
अन्य संयन्त्रसमेत प्रयोग गरेर खोजी भैरहेको प्रहरी कार्यालयले जनाएको छ । 

पुस २ गते मालारानी –२, डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका  भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका हुन्।

भुसाल बेपत्ता भएसँगै उनको दाजुले प्रहरीमा उजुरी दिएका थिए ।  

वडाध्यक्ष भुसालको खोजीका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरिएको र अनुसन्धान समेत भैरहेको प्रहरी कार्यलयले जनाएको छ । भुसाल तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?