‘प्रधानमन्त्रीज्यू आफूविरुद्ध नारा लगाएका युवालाई रिहाइ गर्न पहल गर्नुहोस्’

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघि नारा लगाउने तीन जनालाई थुनामा राखिएको विषयमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै थुनामा राखिएका ३ जनालाई थुनामुक्त गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न नमिल्ने तर्क गरे । प्रहरीले युवाको मुख थुनिएको दृष्य दुखद रहेको बताउँदै तत्काल रिहाइको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन िप्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो १ सम्माननिय प्रधानमन्त्रीज्यु १ आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न ÷ गराउन अविलम्ब पहलको माग गर्दछु ।’

केही दिन अघि प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई बोलेकै आधारमा थुनामा राखिएको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?