काठमाडौं । मिटरब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको विरोध गरेका छन् ।
मंगलबार मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका शाहीलाई राजावादी भन्दै विरोध गरेका थिए ।
पीडितहरुले हामीलाई राजावादीको समर्थन चाहिँदैन भनेर चर्को नारा लगाएका थिए ।
आफू जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भए पनि पीडितहरुको आन्दोलनसँग सहमत रहेको बताएका थिए । तर आन्दोलनकारीले झनै चर्को विरोध गर्न थालेपछि शाही त्यहाँबाट बाहिरिएका थिए ।
सञ्चारकर्मीहरुसँग सो विषयमा प्रतिक्रिया दिँदै पीडितहरुमाथि राजनीतिक घुसपैठ भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया