प्रधानन्यायाधीश जबराले लिए पद तथा गोपनीयताको समथ ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

प्रधानन्यायाधीश जबराको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलवाल सर्वसम्मत अनुमोदन गरेको थियो । 

बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।

साथै जबराले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् । उनले कुनै बाधा अड्चन सिर्जना नभए चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?