काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो ।
बैठकमा सरकारमा सामेल हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ । यसअघि पनि एकीकृत समाजवादीले सरकारमा सामेल मन्त्रीहरुको बारेमा चरणबद्ध छलफल गरेको थियो ।
त्यसो त आजै गठबन्धन बैठक समेत बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया