काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि सत्ता साझेदार दलको बैठक आह्वान भएको हो ।
१० दल सम्मिलित उक्त दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेर आवश्यक निर्णय लिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
चैत ६ गते विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारलाई जोड दिँदै आएका छन् । तर साझेदार दलहरुले आ–आफ्नो अडान नछाड्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार भइसक्ने तयारी रहेको गठबन्धनका शीर्ष नेताहरुले बताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया