१३ मङ्सिर २०७९, मंगलवार

प्रजातन्त्रवादी पक्षधरलाई एक हुन आग्रह

२०७४,कार्तिक,६,सोमवार १४:५९

0
Shares

इटहरी, ६ कात्तिक- नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताएका छन् ।काँग्रेस सुनसरीले जिल्ला सदरमुकाम इनरुवामा आज आयोजना गरेको चियापान तान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गरे ।अर्का नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रुपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा काँग्रेसले निर्वाह गर्दै आएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वमन्त्री सीताराम मेहता, सुनसरीका सभापति राजीव कोइरालालगायतले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादीले जित निकाल्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १४:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ५ हजार बढीको अग्रता कायम गरेकी

नुवाकोट । यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अध्यावधिक विवरणअनुसार माओवादी

सर्लाही । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई

ताजा समाचार

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९
माओवादीले समानुपातिकमा कटायो ११ लाख मत
 २०७९,मङ्सिर,१३,मंगलवार ११:०६