१३ जेष्ठ २०८०, शनिवार

बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ

२०७९,चैत्र,१३,सोमवार २१:२१

0
Shares

काठमाडौँ ।  नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पु¥याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीय सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबेँसीकै २० वर्षीय सुस्मा मग्राती रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका तीनैजनालाई आज जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता पङ्गेनीले बताए ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार २१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११