१३ जेष्ठ २०८०, शनिवार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान

२०७९,चैत्र,१३,सोमवार २०:५२

36
Shares

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो ।

आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु १५ अनुदान दुग्ध उत्पादक किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रकम पहिलो किस्तास्वरुप उपलब्ध गराइएको उनले बताए । गल्याङ नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको उपप्रमुख हेमा न्यौपानेले बताइन् । नगरपालिकाले प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएकाले किसानहरु पछिल्लो समय दूध उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् भने उत्पादन पनि वृद्धि हुँदै गएको उपप्रमुख न्यौपानेको दाबी छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार २०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११