१४ जेष्ठ २०८०, आईतवार

निजामती अस्पताल र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

२०७९,चैत्र,१३,सोमवार २०:१२

36
Shares

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ ।

सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले आजैदेखि अस्पताल प्रशासनमा लगाइएको ताला र चिकित्सक/कर्मचारीले गर्दै आएको अनशन पनि तोडिएको बताए ।

उनका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तीय स्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक/कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चिता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारी मैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ । अस्पतालमा केही दिनदेखि चिकित्सक, कर्मचारीले विभिन्न छ बुँदे माग राखी अनशन बस्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार २०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११