१३ जेष्ठ २०८०, शनिवार

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९,चैत्र,१३,सोमवार २०:१०

45
Shares

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीको छौटौँ जिल्ला सभामा उनले लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपाल विकास निर्माण र समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए ।

“राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै संसद्मा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाउनुले नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न सकेको छैन”, मुख्यमन्त्री अधिकारीले भने, “स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएका कारण केही मात्रामा भए पनि स्थानीयस्तरका कार्यक्रम तथा योजनाले पाँच वर्षका लागि भए पनि निरन्तरता पाएको छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाबाट बन्ने सरकार छोटो समयमा उदय र विलय हुने थलो बनेको बताउँदै उनले अब जुनसुकै दल सरकारमा गए पनि हामीले बनाएको कानूनलाई पालना गरी इमान्दारीपूर्वक जनताको सेवामा जुट्न जोड दिए ।

जिल्ला समन्वय समिति निर्माण भए पनि अधिकार केही नदिँदा कामै गर्न नसक्ने अवस्था भएको उनको भनाइ थियो । उनले भने “छ वर्ष बितिसक्दा पनि जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न नबनाउँदा विकास निर्माणका कार्यमा भएको अनियमितता नियन्त्रण हुन सकेको छैन ।”

प्रदेश सरकारले शिक्षाको पाठ्यक्रमलाई सुधार गर्दै अगाडि बढ्न लागेको जानकारी दिँदै उहाँले गण्डकी प्रदेशअन्तर्गत जिल्लामा ८ र ९ कक्षामा विद्यार्थीका लागि प्रयोगात्मक तथा विशेष सीपका कार्यक्रम समेटेर लैजाने उनले बताए ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार २०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११