काठमाडौं । नयाँ वैकल्पिक राजनीति गर्ने भन्दै स्थापना भएको विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।
एकलौटी ढंगले चलाउँन खोजिएकोप्रति पार्टीमा विवाद चुलिएको हो । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ ।
पार्टी संयोजक रविन्द्र मिश्र, वरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका हुन् ।
पार्टीलाई गलत बाटोमा हिडाइएको निष्कर्षसहित संयोजक थापाले समीक्षा प्रतिवेदन पेश गरेपछि उक्त पार्टीभित्रको विवाद सार्वजनिक भएको हो । पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका उनले प्रतिवेदन तयार पारेर कार्यकर्तालाई बाडेका छन् ।
विवेकशील साझा पार्टी गलत दिशामा गएको उनको निष्कर्ष छ । त्यसमा उनले अप्रत्यक्ष रूपमा अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीको आलोचना गरेका छन् ।
संयोजक मिश्रले भने राजनीतिक दलमा बहस र विवाद हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । ‘हाम्रो लक्ष्य वैकल्पिक राजनीतिक शक्तिलाई देशको नेतृत्वमा पुर्याउने हो,’ उनले भने, ‘पार्टीमा बहस र विवाद हुनु स्वभाविक हो, यसबाट हामी विचलित छैनौं ।’
साथै उनले पार्टीको विवाद र बहस पारिवारिक भएकाले छताछुल्ल पार्ने पक्षमा आफू नरहेको बताए ।
के छ संयोजक थापाको समीक्षा प्रतिवेदन?
संयोजक थापाले १८ पृष्ठको समीक्षा प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमा पार्टी गलत दिशामा हिंडेको निष्कर्षसहित गल्ती स्वीकार्दै अघि बढ्नुपर्छ भनिएको छ ।
विभिन्न किसिमका कठिनाइ, विरोधाभाष र विडम्बनाले भरिएको समाजमा देशै रूपान्तरण गर्छु भन्ने प्रतिवद्धता बोकेको दल निर्माण गर्न सहज नहुने उनको तर्क छ ।
समीक्षा प्रतिवेदनको पूर्ण पाठ :-
पार्टी प्रवक्ता भन्छन् :-
प्रवक्ता सूर्यराज आचार्यले मिडियामा आएजस्तो विवाद पार्टीभित्र नरहेको प्रतिक्रिया दिएका छन् ।
‘दुई भिन्न पार्टी एकिकरण भई विवेकसिल साझा बनेको हो,’ उनले भने,‘ पार्टीभित्रका केही राजनीतिक बहस चलेको छ, त्यसलाई विवाद भन्न मिल्दैन ।’
पार्टीको विचार, सोँच र मुद्दामा मत भिन्नतालाई राजनीतिकतहबाटै पार्टीले हल गर्ने उनको भनाई छ ।
केहि केन्द्रीय सदस्यले पार्टी छोडेको विषयमा उनले भने, ‘उहाँहरू निर्वाचनलगत्तै स्वेच्छाले पार्टीबाट अलग हुनुभएको हो । केन्द्रीय समिति जुन बनेको छ, त्यो तर्दथ समिति हो । तर्दथ समितिमा छोड्ने र थप्ने नियमित प्रक्रिया चल्छ ।’
विवेकशील साझाबाट नेतृत्वप्रति असन्तुष्टी जनाउँदै अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् भने नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया