१३ जेष्ठ २०८०, शनिवार

मिटरब्याज पीडितलाई महानगरले खुल्लामञ्च छिर्न रोक लगाएपछि…(फोटोफिचर)

२०७९,चैत्र,१३,सोमवार १९:१६

18
Shares

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटर ब्याज पीडित खुलामञ्च प्रवेश गर्न खोज्दा नगर प्रहरीले रोकेपछि उनीहरु आक्रोशित बनेका हुन् ।

खुलामञ्चमा विरोध कार्यक्रम गर्नका लागि महानगरका प्रमुख र जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागे पनि नदिएको भन्दै उनीहरुले मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरे ।

महानगरका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गर्दा उनीहरुले नमानेको बताए । ‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह ग¥यौं’ उनले फेसबुकमा लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौँ ।’

तर, मिटरब्याज पीडितहरुले खुलामञ्चमा नै बस्ने भन्दै खुलामञ्चको गेटबाहिर साँझसम्म पनि प्रदर्शन जारी राखेका छन् ।

तस्बिरहरू : दिनेश रजक/लाेकपथ

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११