काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले आजदेखि १६ औँ चरणको अनसन शुरु गर्ने भएका छन् ।
१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौताको कार्यान्वयन सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग पूरा गर्न सरकारलाई डा. केसीले पुस १५ गतेसम्मको अल्टिमेटन दिएका थिए । सरकारलाई दिएको अल्टिमेटन हिजो नै सकिएको छ ।
सरकारलाई आफ्ना माग पूरा गर्न हिजोसम्मको अल्टिमेटम दिएका डा. केसी १६ औँ सत्याग्रहको तयारीका लागि इलाम आइपुगेका उनका सहयोगी डा.अभिषेकराज सिंहले जानकारी दिए ।
सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना शुरु नभएको लगायत मागमा सरकार गम्भीर नभएको निष्कर्षसहित डा. केसीले १६ औं चरणको अनशनको तयारीका इलाम पुगेका हुन् ।
साथै डा. केसीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया