१४ जेष्ठ २०८०, आईतवार

मिटरब्याज पीडितको पक्षमा बोले बालेन

२०७९,चैत्र,१३,सोमवार १७:५४

54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

११ दिन हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले उनीहरुलाई काठमाडौं बसुन्जेलका लागि पशुपतिस्थित धर्मशालामा खाने बस्ने व्यवस्था गरेको समेत बताए । तर मिटरब्याज पीडितहरुले खुलामञ्चमै बस्ने अडान राखेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा आन्दोलनको लागि व्यवस्थापन मिलाइएको समेत उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सिमित रहयो । सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानबता को नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरु को माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधान को लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँ मा सरकार पुगोस ।’

पटकपटक आन्दोलन गर्दा पनि सरकारले नसुनेको भन्दै मिटरब्याजीहरु ११ दिन हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११