बढ्न थाले कोरोना संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेका छन् ।

सोमबार नेपालमा थप ६९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २ सय ६६ नमुना परीक्षण गर्दा २५ जनाको पीसीआर र ४४ जनामा एन्टीजेन पुष्टि भएको हो ।

यसअघि आइतबार नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यससँगै नेपालमा ६६ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?