२६ जेष्ठ २०८०, शुक्रवार

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी

२०७९,चैत्र,१३,सोमवार १७:२८

99
Shares

काठमाडौं । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो ।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

क्षतिपूर्ति योजनाले ट्वीटरको मूल्य २० अर्ब डलर तोकेको छ । यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो ।

तेस्ला इङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्वीटरले आफ्ना कर्मचारीलाई हरेक छ महिनामा सेयर नगद गर्न अनुमति दिने बताएका छन् ।

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले बताएका छन्, “ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्यो कि एक बिन्दुमा यो चरम आर्थिक सङ्कटको सङ्घारमा पुगेको थियो ।

यसअघि, मस्कले ट्वीटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भनेका छन्, “ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ ।”

उनले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिएका थिए । ट्वीटरका बहुसङ्ख्यक शेयरहोल्डर मस्कले भने, “कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ ।”

मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार ५०० कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झारेका छन् ।

उनले २५० अर्ब अमेरिकी डलरको मूल्याङ्कनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको एएफपीलाई प्राप्त इमेलमा बताएका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१