मिटरब्याज पीडितलाई भेटेर सीके राउतले भने– ‘जनमत पार्टीले आन्दोलन गरेर न्याय दिन्छ’

लोकपथ
143
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने बचन दिएका छन् ।

सोमबार मिटरब्याज पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका राउतले आफूले सरकारसँग कुरा गर्ने नभए आफ्नो पार्टीकै अगुवाईमा आन्दोलन गर्ने बताए ।

‘म एकपटक सरकारसँग कुरा गर्छु । नभए जनमत पार्टीले नै आन्दोलन गर्छ ।’ उनले भने ।

यसभन्दा अघि पनि आफूहरुले आन्दोलन गरेको भन्दै मिटरब्याजीहरुविरुद्धको आन्दोलन समेत गर्ने बचन दिए ।

‘यो भन्दा अगाडि पनि हामीले गरेकै हौँ । अरु भ्रष्ट्रचारविरुद्ध पनि आन्दोलन गरेको हो । यसपालिचाँही हामी आन्दोलन गरेर तपाईंहरुलाई न्याय दिलाएरै छाड्छाैँ ।’ राउतले भने ।

मिटरब्याजीहरुले आफूहरुमाथि अन्याय गरेको भन्दै न्याय माग्न महोत्तरीबाट पीडितहरु हिँडेरै काठमाडौं आइपुगेका छन् ।

११ दिन हिँडेर काठमाडौं आइपुगेका उनीहरुले विभिन्न आन्दोलन गर्ने घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत मिटरब्याजीमा रहेको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुले राउतसमक्ष दुख पोखेका थिएइ ।

उनीहरुले ‘तमसुक व्यवस्था खारेज गरे’, ‘मिटरब्याजी साहुलाई कारबाही गर’ मिटरब्याजीद्वारा कमाएको सम्पती छानविन गर’ लगायतका नारा लगाउँदै काठमाडौं आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?