२६ जेष्ठ २०८०, शुक्रवार

ओलम्पिक छनोटको खेल नेपालमा हुने

२०७९,चैत्र,१३,सोमवार १६:३७

144
Shares

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार