२६ जेष्ठ २०८०, शुक्रवार

सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि

२०७९,चैत्र,१३,सोमवार १६:२७

99
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि शुरु हुँदैछ ।

रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ । नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा रहेका छन् ।

प्रतियोगिताको विजेताले रु एक लाख, उपविजेताले रु ६५ हजार, तेस्रोले रु ४६ हजार, चौथोले रु ३८ हजार, पाँचौँले रु ३४ हजार, छैटौँले रु ३० हजार, सातौँले रु २७ हजार, आठौँले रु २४ हजार, नवौँले रु २२ हजार तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३