१४ जेष्ठ २०८०, आईतवार

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

२०७९,चैत्र,१३,सोमवार १५:१५

72
Shares

काठमाडौं । जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानी दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएका जानकारी गराएका हुन् ।

उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण भने दिएनन् । मात्सुनोले भने, “यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ । टोकियोले ती व्यक्तिसँग बाणिज्य दूताबासको पनि माग गरिरहेको उनले बताए ।

यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनी तत्काल जापान फर्किएका थिए । सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १५:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अङ्कारा । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी

किभ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक

ह्युस्टन । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९