काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामै लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले विविध कारणले ८ लाख लाइसेन्स ब्याक लकमा रहेको र ती सबै छापिएपछि ७ दिनभित्र लाइसेन्स दिन सक्ने व्यवस्था गर्न लागेको बताए ।
‘दिनको २ हजार लाइन्सेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ ।’
उक्त समस्याहरु सल्टाउन अझै ७–८ महिना लाग्ने र त्यो समस्या समाधानपछि ७ दिनभित्रै लाइसेन्स दिने व्यवस्था हुने उनले बताए ।
‘समस्या सल्टाउन ७–८ महिना लाग्छ । त्यसपछि बढीमा ७ दिनभित्र नै लाइसेन्स दिने व्यवस्था हुन्छ ।’ उनले भने ।
प्रिन्टिङ मेसिनको अभावमा ब्याक लक हटाउन नसकेको र मेसिन खरिद प्रक्रियामा गएको बताए ।