छाती भन्दा तल बाहिरी वा भित्री बस्त्रमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने

लोकपथ
65
Shares

काठमाडौं । छाती भन्दा तल बाहिरी वा भित्री बस्त्रमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने भएको छ ।

आइतबार संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाबाट स्वीकृत भएको राष्ट्रिय मर्यादाक्रमसम्बन्धि विधेयक २०७९ मा सो कुरा उल्लेख गरिएको छ ।

विद्येयकको परिच्छेद ४ को १३औँ दफामा सो कुरा उल्लेख गरिएको छ ।

‘शरिरको छाती भन्दा तलको भागमा लगाइने कुनै पनि पनि भित्रि/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक/चिह्न प्रयोगमा निषेध गरिएको छ ।’ दर्ता भएको विद्येयकमा उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न समेत निषेध गरिएको छ । त्यस्तै सो विद्येयकमा मर्यादाक्रम समेत तोकिएको छ ।

मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष रहेका छन् । त्यस्तै पाँचौँ नम्बरमा प्रधानन्यायाधीशलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?