बागमतीमा जम्कट्टेलाई सकस : ६ मन्त्रालयमा कांग्रेसको दाबी

लोकपथ
63
Shares
d’VodGqL hDs§]n x]6f}F8f, ( kmfu’gM afudtL k|b]zsf d’VodGqL zflns/fd hDs§]n dªunaf/ ??? ??????? ????????? k|lti7fg ??????? ????????? ????????? ??? ??????? ?????????nfO{ ??????? ?????????? ? ??????? ?????? ????/????

काठमाडौं । बिहीबार दोस्रोपटक विश्वासको मत पाएसँगै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

बागमती प्रदेश सभाको सबैभन्दा ठूलो नेपाली कांग्रेसले ६ मन्त्रालय दाबी गरेको छ ।

कठिन परिस्थितीमा आफूहरुले साथ दिएको भन्दै आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने कांग्रेस सांसदहरुको दाबी छ । कांग्रेसको दाबीमा मुख्यमन्त्री जम्कट्टेल समेत सकारात्मक रहेको बागमती प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले लोकपथलाई जानकारी दिए ।

‘हाम्रो ६ वटा मन्त्रालयमा दाबी रहन्छ । हामीले त्यो कुरा मुख्यमन्त्री ज्यूलाई पनि भनेको छौँ ।’ उनले भने, ‘उहाँ (मुख्यमन्त्री) पनि सकारात्मक हुनुहुन्छ ।’
मन्त्रालयको भागबण्डा र सरकारमा सहभागिताको विषयमा एक दुई दिनमा टुंगोमा पुग्ने उनले बताए ।
‘हाम्रो दाबी पेश गरेका छौँ । मन्त्रालयको विषयमा एक दुई दिनमा निर्णयमा पुग्छाँै ।’ उनले भने ।

यता नेकपा एकीकृत समाजवादीले समेत आफ्नो दाबी कायम राखेको छ । यसअघि सरकार प्रमुख नै चलाएको एकीकृत समाजवादीले ३ सिटको दाबी गरिरहेको छ ।

११ सदस्यीय मन्त्रिमण्डल रहेको बागमतीमा हाल माओवादीका मन्त्रीहरु रहेका छन् । यता मुख्य सारथी कांग्रेस र एकीकृत समाजवादीले आ–आफ्नो दाबी नछोड्ने हो भने मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।

केन्द्रको समीकरण बिग्रिएसँगै त्यसको असर प्रदेशमा समेत देखिएको छ । जसको कारण एमाले र राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?