प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

लोकपथ
77
Shares
k|wfgdGqL …k|r08Ú / ;efd’v l3ld/] e]6jftf{ sf7df8f}F, ( df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / ;efd’v b]j/fh l3ld/]aLr ;f]daf/ laxfg k|wfgdGqL lgjf; afn’jf6f/df e]6jftf{ ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?