गण्डकी प्रदेशले चैते दशैँमा दियो सार्वजनिक बिदा

लोकपथ
273
Shares

गण्डकी । गण्डकी प्रदेशले चैते दशैँको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दैै चैत १५ गते बुधबार चैते दशैँको अवसरमा बिदा दिने जानकारी गराएको हो ।

२०७८ साल चैत १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाको आधारमा बिदा दिइएको जनाइएको छ ।

सो दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?