फेसन नेटवर्क नेपालद्वारा ‘लिजेण्ड्री आइकन एवार्ड २०२३’ प्रदान

लोकपथ
65
Shares

काठमाडौं । फेसन नेटवर्क नेपालले एक कार्यक्रमको आयोजना गरेर फेसन क्षेत्रको विकास र प्रवर्धनमा सक्रिय ब्यक्तिहरुलाई सम्मानित गरेको छ ।

नेपालको फेसन उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको फेसन नेटवर्क नेपालले क्लब टेन एक्ससँग सहकार्य गरेर फेसन गाला नाइटको आयोजना गरेको थियो ।

उक्त गाला कार्यक्रममा नेपालको फेसन क्षेत्रलाई विभिन्न ढंगले बढावा दिन सक्रिय ब्यक्तिहरुलाई ‘लिजेण्ड्री आइकन एवार्ड २०२३’ ले सम्मान गरेको हो ।

सम्मानित हुने ब्यक्तिहरुमा फेसन फाटोग्राफर, इभेन्ट मेनेजर लगायतका ब्यक्तिहरु रहेका थिए । जसमा कान्तिपुर पब्लिकेसनका बरिष्ठ फोटो पत्रकार महेश प्रधानलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?