प्रधानमन्त्रीको कामको रफ्तार देखाउन खोज्दा चिप्लिइन् गंगा दाहाल

लोकपथ
260
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री एवं स्वकीय सचिव गंगा दाहालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा फ्लड लाइट जडान गरिएको भन्ने स्ट्याटसको आलोचना भएको छ ।

दाहालले प्रधानमन्त्रीको निर्देशनमा क्रिकेट मैदानमा फ्लड लाइट जडानको काम सम्पन्न भएको भन्दै तस्बिरसहित पोस्ट गरेकी थिइन् ।

डेमोको लागि तयार पारिएको तस्बिर वास्तविक रहेको भन्दै दाहालले पोस्ट गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । त्यससँगै उनले उक्त पोस्ट सामाजिक सञ्जालबाट हटाएर निर्माण कार्य हुँदै भनेर लेखेकी छिन् ।

‘सम्मानीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न’ उनले लेखेकी थिइन् ।

तर उनले हचुवाको भरमा लेखेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेपछि उनले उक्त पोस्टलाई इडिट गर्दै लेखेकी छिन्, ‘सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ। द्रुत गतिमा सम्पन्न भए पश्चात् रंगशाला यो आकारमा देखिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?