प्रचण्डप्रति ओलीको कटाक्ष : ‘मति बिग्रिएको मान्छेलाई सपार्न सकिएन’

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित कडा टिप्पणी गरेका छन् ।

एमालेको ग्रासरुट अभियानमा अर्घाखाँची पुगेका ओलीले प्रधानमन्त्रीको मति सुधार्नका लागि प्रधानमन्त्री बनाए पनि धोका पाएको भन्दै भन्दै कटाक्ष गरे ।

‘दुई तिहाइका पार्टी फुटाए । फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो ।’ ओलीले भने, ‘तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन । सरकार ढाल्न लागिरहेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले झण्डै दुई तिहाइ नजिकको सरकारलाई हटाएको भन्दै आफूहरु जनताको मतबाट अनुमोदित भएर आएको बताए ।

‘हामीले मिहिनेतले झण्डै दुईतिहाइको स्थिति बनायौँ । हामीलाई अहिले हटाइयो जालझेल गरेर । आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो ।’ ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?