तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई निर्वाचन लड्ने !

लोकपथ
104
Shares

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं–१ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई उठ्ने पक्कापक्की भएको छ ।

शनिबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समेत भट्टराई नाममा सभापति देउवा सकारात्मक देखिएका हुन् ।

देउवाबाट ‘ग्रिन सिग्नल’ पाएसँगै भट्टराईले निर्वाचन क्षेत्र लक्षित कार्यक्रमलाई जोड दिएका छन् ।

त्यसो त यसअघि नै देउवाले भट्टराईसँगको भेटमा निर्वाचनको तयारी गर्न सुझाव दिएका थिए ।

फागुन २५ गते सो क्षेत्रबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?