बाँकी क्याम्पसहरुमा तत्काल स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको माग

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका बाँकी रहेका क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउन माग गरेको छ ।

आज त्रिविका पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाउँदै छिटोभन्दा छिटो स्ववियु निर्वाचन गराउन माग गरेका हुन् ।

अध्यक्ष समिक बडाल, महासचिव नरेश रोकाया लगायतले पत्र बुझाउँदै त्रिविका ६२ मध्ये ४४ वटा मात्रै आंगिक क्याम्पसमा निर्वाचन भएको भन्दै बाँकी रहेको सबैमा निर्वाचन गराउन माग गरे ।

‘तत्काल निर्वाचन हुन बाँकी १७ वटै आंगिक क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न सर्वदलीय बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचन सम्पन्न गर्न अग्रसरता लिनदिनुहुन विश्वविद्यालयका शिक्षाध्यक्ष, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजकमार्फत् हामी विश्वविद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहान्छाँै ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी घोषणा भएका क्याम्पसहरुमा निर्वाचनको जिम्मा लिएका निर्वाचन अधिकृतहरुको गैरजिम्मेवारीपूर्ण रबैयाको कारण चुनाव हुन नसकेको अनेरास्ववियुको आरोप रहेको छ ।

गत चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । १४ वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा धेरै क्याम्पसहरुमा निर्वाचन सम्पन्न भइ अन्तिम नतिजा समेत आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?