१ लाख ६० हजारमै इलेक्ट्रिक स्कुटर AIMA Tiger S5

लोकपथ
273
Shares

आजको महँगीको जमानामा सबैचिज महँगो भइरहेको छ । त्यसमा पनि सवारीसाधन महँगो नहुने कुरै भएन ।
तर नेपाली बजारमा जम्मा रु. १ लाख ६० हजारमै आउने इलेक्ट्रिक स्कुटर पनि पाइन्छ भन्दा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । विश्वकै टप ब्राण्डमा पर्ने  AIMA कम्पनीको Tiger S5 मोडेलको इलेक्ट्रिक स्कुटरलाई नेपालको आधिकारिक वितरक हिमाल इभि मोटर्स प्रा. लि. ले बिक्रि गरिरहेको हो। चिटिक्क र सानो भएका कारण आम नेपाली महिलाहरुको उचाइका लागि निक्कै सजिलो स्कुटरको रुपमा यसलाई लिन सकिन्छ ।
७२ भोल्ट र २० एएचको लिड–एसिड बेट्री दिइएको यो स्कुटरलाई घरको प्लगमा नै जोडेर करिब ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिने बताइएको छ । अगाडि १२ इन्ज र पछाडि १० इन्चको व्हिल दिइएको यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १६० एमएम भएकाले खराब कण्डिसनको बाटोमा पनि चलाउन सकिन्छ । यो स्कुटरको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क ब्रेक दिइएको छ । यसमा २४०० वाटको पिक पावर भएको बोस्क कम्पनीको मोटर दिइएको छ । जसका कारण यसले करिब १३० किलोग्राम वजनलाई १५ डिग्री उकालोमा तान्न सक्ने कम्पनीले बताएको छ । हेर्दा सानो भएपनि यसको अधिकतम गति ६४ किलोमिटर प्रतिघण्टा रहेको छ ।
मुल्यको हिसाबले निक्कै सस्तो यो स्कुटर एक पटकको फुल चार्जमा करिब ७५ किलोमिटर गुड्ने कम्पनीले बताएको छ । हुन त कम्पनीले भनेको जस्तो स्टयाण्डर्ड रेन्ज एक्च्युअल प्राक्टिसमा कुनै पनि ब्राण्डका स्कुटरले दिदैनन् । त्यसैले चलाउने तरिका, सडकको अवस्था तथा चलाउने व्यक्तिको वजनको आधारमा यो स्कुटरले करिब ५० देखि ६० किलोमिटरको रेन्ज दिने मान्न सकिन्छ ।
यसको मुल्य रु. १,८४,००० राखिएको भएता पनि अहिले यसमा नयाँ बर्षको स्किम स्वरुप रु. २४,००० छुट दिएर जम्मा रु. १,६०,००० मा बिक्रि गरिरहेको हिमाल इभि मोटर्स प्रा. लि. ले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?