काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पछिल्लो समय राष्ट्रिय खेलाडीहरुको विदेशीने क्रम बढेकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद शाहीले खेलाडीहरुको तलब मन्त्री सांसदका स्वकीय सचिवको भन्दा कम रहेको बताए ।
सांसद शाहीले मन्त्री सांसदका स्वकीय सचिवको तलब कटौती गरी खेलाडीहरुको तलब वृद्धि गर्न माग गरे ।
‘नेपाल सरकारको कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट मध्ये खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट यानेकी शुन्य दशमलव १३ प्रतिशत बजेट छुट्टयाइएको छ ।’ उनले भने, ‘यो बजेट यसो हेर्दाखेरी मन्त्रीज्यूका स्वकीय सचिवको भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन् । त्यहि भएर म भन्न चाहान्छु, हामी सबै सांसद मन्त्रीहरुको स्वकीय सचिवहरुको तलब कटौती गरेर खेलाडीहरुको तलब वृद्धि गरियोस्, रंगलाशाला बनाइयोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया