लुम्बिनी सरकार पनि धरापमा, माओवादी र जनमतका मन्त्रीले दिए राजीनामा

लोकपथ
208
Shares

काठमाडौं । केन्द्रको राजनीतिक समीकरण भत्किएसँगै त्यसको असर प्रदेशमा पनि देखिएको छ ।

केन्द्रको समीकरण बदलिएसँगै विभिन्न प्रदेश सरकार समेत धरापमा परेका छन् ।

आइतबार लुम्बिनी प्रदेशका मन्त्रीहरुले राजीनामा दिएसँगै लिलागिरी नेतृत्वको सरकार धरापमा परेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर माओवादी केन्द्रबाट सरकारमा सामेल जोखबहादुर महरा, कृष्णा केसी र इन्द्रजित चौधरीले राजीनामा बुझाएका हुन् ।

त्यस्तै जनमत पार्टीबाट सरकारमा सामेल भएका सीके गुप्ताले समेत राजीनामा बुझाएका छन् । त्यससँगै गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसअघि गण्डकी प्रदेशमा पनि माओवादीबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा बुझाएसँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । भने अन्य प्रदेशमा समेत त्यसको असर देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?