१४ जेष्ठ २०८०, आईतवार

जोकर-२ मा लेडी गागाको लुक्स सार्वजनिक, न्युयोर्कमा भइरहेको छ सुटिङ

२०७९,चैत्र,१२,आईतवार १३:२५

99
Shares

काठमाडौं । हलिउड निर्देशक टोड फिलिप्सको जोकर निकै हिट भएको थियो । फिल्मले विश्वभरबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

फिल्मको पहिलो पार्ट निकै हिट भएपछि फ्यानहरू अब यसको सिक्वेलको प्रतिक्षामा छन् । निर्देशक टोडले अब जोकरको सिक्वेलको तयारी गरेका छन् । हाल सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा लेडी गागा देखिएकी छिन् । भिडियोमा गागा जोकरको लुक्समा देखिएकी छिन् ।

न्यूयोर्कमा गागा जोकरको लुक्समा देखिएकी छिन् । उनी जोकरः फोली ए ड्यूक्सको सुटिङमा देखिएकी थिइन् । फिल्मको सुटिङका ​​धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्बिर र भिडियोमा गायकले रातो ज्याकेट र कालो टप लगाएकी छन् । साथै उनी कालो छालाको स्कर्टमा देखिएकी छिन् । चलचित्रमा जोकरको जस्तै गायकको मेकअप गरिएको छ ।

जोकर २ सन् २०२४ मा रिलिज हुनेछ 

नायिकाको यो लुक्स निकै आकर्षक देखिन्छ । लेडी गागा अब जोकर २ मा जोकिन फिनिक्ससँग देखिनेछिन् । यो फिल्मको पहिलो भाग सन् २०१९ मा आएको थियो । यो थ्रिलर फिल्म हो, जसलाई मानिसहरुले निकै रुचाएका थिए ।

प्रकाशित मिति: २०७९,चैत्र,१२,आईतवार १३:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९