काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जान अन्तिम चरणमा छलफल गरिरहेको छ ।
पटकपटकको छलफलपछि एसले पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी गरेको हो ।
एकीकृत समाजवादी निकट स्रोतका अनुसार भुसालको नेतृत्वमा सरकारमा गए पनि को को जाने भन्ने भने तय भएको छैन । यता गृहसहित ३ मन्त्रालयको दाबी गरिरहेको एकीकृत समाजवादीले २ मन्त्रालय दिने प्रधानमन्त्रीले संकेत गरेका छन् । तर गृह नपाउने जस्तो देखिएको स्रोतको दाबी छ ।
१० जना सांसद रहेको एकीकृत समाजवादीमा अध्यक्ष मावधकुमार नेपाल बाहेक अन्य सबै सांसदहरु आकांक्षी रहेका छन् । जसको कारण एकीकृत समाजवादीले पहिले मन्त्री र मुख्यमन्त्री भएकाहरुलाई मन्त्री नबनाउने नयाँ नीति बनाएको छ । जसको कारण नेता व्यवस्थापनमा सहज हुने देखिन्छ ।
चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिमण्डल विस्तारमा लागेका छन् । केही दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया