प्रहरीले गल्ती गर्‍यो: प्रधानमन्त्री ओली

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाइृ शर्माले सम्बोधन गर्दै बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् ।

अनु्सन्धाको शुरुको क्रममा ‘प्रहरीबाट गल्तीहरु भएको भन्दै प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ समेल उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता लगाउन नसकेकोमा उनले दुख व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने दाबी पनि गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?